धनगढी,९ असार । कैलालीको धनगढीमा प्रहरीले ६ जना तेस्रो लिङ्गीलाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–३ चटकपुरमा सडकमा हिँडडुल गर्ने मानिसहरुलाई अनावश्यक हैरानी दिएको भन्दै प्रहरीले ६ जना तेस्रो लिङ्गीलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीले पर्सा वीरगञ्ज महानगरपालिका–४ की २५ वर्षीया उर्मिला थापा, धनगढी–६ बस्ने १९ वर्षीया रेनु सिंह ठकुरी, गौरीगंगा नगरपालिका–५ बस्ने १८ वर्षीया पारु ठकुरी, गौरीगंगा–४ बस्ने १९ गौरीगंगा अनु मगर, कञ्चनपुरको पुनर्वास नगरपालिका–१० बस्ने १९ वर्षीया निशा खड्का र बझाङको जयपृथ्वी नगरपालिका–१० बस्ने १८ गौरीगंगा निशा बोहरा पक्राउ परेका बताएको छ ।
उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।