धनगढी, १ असार/धनगढीमा आँप टिप्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु भएको छ । शनिबार बिहान धनगढी उपमहानगरपालिका(२, बैयाबेहडी बस्ने १६ वर्षीय विवेक खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराका अनुसार घर नजिकै रहेको आँपको रुखमा फलामको रडले आँप टिप्ने क्रममा विद्युतको लाइनमा छुदा खड्कालाई करेन्ट लागेको थियो ।
घाइते खड्कालाई तत्काल उपचारका लागि माया मेट्रो अस्पताल लगिएको भएपनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी नायव उपरीक्षक बोहराले बताए ।