धनगढी २८ जेठ/कैलालीमा करेन्ट लागेर एक प्रहरी जवान घाइते भएका छन्। कैलालीको इलाका प्रहरी कार्यालय टीकापुरमा कार्यरत प्रहरी जवान धनबहादुर चौधरीलाई करेन्ट लागेर घाईते भएका छन् ।
कैलालीको टीकापुर नगरपालिका–१ योग आश्रम स्थित भित्री सडकखण्डमा पोलबाट भुँइमा लत्रिएको तारबाट करेन्ट लागेर उनी घाइते भएका हुन। उनको टीकापुर अस्पतालमा उपचार भइरहेको छ।