धनगढी ,२७ जेठ । बैतडीका विजय चन्द भारतमा बेपत्ता भएका छन् । पञ्चेश्वर गाउँपालिका-४ चौंडालीका २० वर्षीय चन्द भारतको नयाँदिल्लीस्थित आनन्दविहार बसपार्कबाट बेपत्ता भएका हुन् ।
रोजगारीका लागि भारत गएका उनी शुक्रबार बेपत्ता भएपछि भारतीय प्रहरीलाई जानकारी गराइएको पञ्जाबमा रहेका बैतडीका जय चन्दले बताए । भारतमा रहेका नेपालीहरुलाई विजयको खोजीमा सहयोग गरिदिन अनुरोध समेत गरिएको छ ।
बेपत्ता भएका विजयका दाजु अजय चन्द पनि भारतमै छन् । विजयलाई कसैले देखे ९१७८३६९५८७६२ मा सम्पर्क गरिदिन आग्रह गरिएको छ ।