धनगढी ,२६ जेठ । कञ्चनपुरको वेदकोट र भीमदत्त नगरपालिकाबाट लागूऔषध सहित २ जना पक्राउ परेका छन ।
शुक्रबार बेदकोट नगरपालिका – ६ घुर्सुवाबाट लागू औषधको कारोबार भईरहेको गोप्य सुचनाको आधारमा प्रहरीले चेकजाँच स्थानीय २७ वर्षीय अबिशेक चटौत पक्राउ परेका हुन । उनको साथबाट ०.०९ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
पक्राउ परेका चटौतलाई सोधपुछ गर्दा स्थानीय सागर साउँदले घरबाट पनि ०.११ ग्राम लागू औषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ, डिजिटल काँटा र प्लाष्टिकको पुडिया बरामद गरिएको थियो । साउँद लागू औषध किनबेच गर्ने गरेको र उनको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ ।
यसैबिच भिमदत्त नगरपालिका – ४ गोबरियाका ३१ वर्षीय रवि सिंह भाट पनि पक्राउ परेका छन । उनको साथबाट लागू औषध एज्भ्ल्भ्च्न्ब्ल् ब्mउग िPHENERGAN Ampulथान २०५ , REXOGESIC Ampul थान ३४ र प्रयोग भएको सिरिञ्ज थान १ बरामद गरिएको प्रहरीले जनाएको छ ।