धनगढी,१८ जेठ । कैलालीमा प्रहरीले एक फरार प्रतिवादी पक्राउ गरेको छ । पक्राउ पर्नेमा जानकी गाउँपालिका–९ बस्ने ३२ वर्षकी चन्द्राकुमारी शाही रहेकी छन् ।
प्रहरीका अनुसार जिल्ला अदालत कैलालीको २०७२ वैशाख २० गतेको फैसलाले विविध मुद्दामा ५०० रुपैयाँ जरिबाना ठहर भई फरार रहेकी उनलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले बिहीबार उनकै घर ठेगानाबाट पक्राउ गरेको हो । उनलाई अदालत पेश गरिएको प्रदेश प्रहरीले जनाएको छ ।