धनगढी,१५ जेठ । सरकारले पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि २९ अर्ब ८८ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ।
यो राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल र कमला–कञ्चनपुर खण्ड चार लेनमा विस्तार गर्ने काम आगामी आर्थिक वर्ष २०८१÷८२ मा सकिने अर्थमन्त्री वर्षमान पुनले बताए।
कमला–ढल्केबर, पथलैया–नारायणघाट, बुटवल–गोरूसिंगे र भालुवाङ–लमही सडक खण्ड स्तरोन्नती सुरू गरिने पनि उनले उल्लेख गरे। सडक पूर्वाधारलाई सुरक्षित, दिगो र गुणस्तरीय बनाउने अर्थमन्त्री पुनले बताए।