धनगढी,१४ जेठ । कञ्चनपुरबाट लागु औषध सहित दुई जना पक्राउ परेका छन । आईतबार दिउँसो जिल्लाको बेलौरी नगरपालिका – ७ कालोपुलबाट कैलालीका २ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका – ७ का २८ वर्षिय प्रेम ठकुल्ला र २५ वर्षिय किरण बोहरा रहेका छन ।
उनिहरुको साथबाट ०.३२ ग्राम लागूऔषध खैरो हिरोईन र एक थान मोटरसाईकल बरामद गरिएको प्रहरीले जनाएको छ । उनिहरुलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिईएको बताईएको छ ।