धनगढी,२ जेठ । कैलालीबाट तीन जना फरार प्रतिवादी पक्राउ परेका छन् । अदालतको विभिन्न मितिको फैसलाले जरिबाना ठहर भई फरार रहेका उनीहरुलाई हिजो पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा सवारी ज्यान मुद्दामा २० दिन कैद सजाय २ हजार रुपैयाँ जरिबाना ठहर भएका बर्दगोरिया गाउँपालिका–४ बस्ने ३० वर्षका नरेश डगौरा, कुटपिट मुद्दामा ४९० जरिबाना ठहर भएका धनगढी उपमहानगरपालिका–६ बस्ने ५० वर्षका विष्णु थापा र चोरी मुद्दामा २ महिना ५ दिन कैद सजाय ठहर भएका धनगढी–१२ बस्ने १९ वर्षका मिलन शाही रहेका प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । तीनै जनालाई जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।