धनगढी,३१ वैशाख । धनगढीमा चोरीको मोटरसाइकलसहित दुई युवक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–१४ बाट सुपप्र०१००१०प१९३५ नम्बरको चोरीको मोटरसाइकलसहित भजनी नगरपालिका–२ बस्ने २२ वर्षीय रवि चौधरी र २० वर्षीय रोहित चौधरी पक्राउ परेका हुन् ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको अपराध अनुसन्धान समूहको टोलीले पक्राउ गरेको हो । दुबै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।