धनगढी ३० बैशाख/कैलालीको धनगढीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शनिवार धनगढी उपमहानगरपालीका–१५ कनरीमा ट्याक्टर दुर्घटना हुँदा धनगढी–१३ कैलाली गाउँका २१ वर्षीय समिर रानाको मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका रानाको उपचारको क्रममा मृत्यु भएको हो। राना सवार से १ त ९७५४ नम्बरको ट्याक्टरको पछाडिको टायर पड्केर ट्याक्टर पल्टिदा उनको टाउको र छातीमा चोट लागेको थियो।
