धनगढी २६ बैशाख/कैलालीको घोडाघोडीस्थित नयाँ बाटो पुनः स्थापना सुधार केन्द्रकाका सञ्चालक सहित १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार छटबाट हाम फालेर सुधार केन्द्रमा युवकको मृत्यु भएको घटनामा अनुसन्धानका लागि प्रहरीले१७ जनालाई नियन्त्रणमा लिएको हो ।
घोडाघोडी नगरपालिका – ४ भालुफाटामा रहेको उक्त सुधार केन्द्रमा मंगलबार राति २५ वर्षीय सुनिल शाहीको मृत्यु भएको थियो । सुधार केन्द्रमा बस्दै आएका घोडाघोडी नगरपालिका वडानम्बर २ साँडेपानीका शाहीको भाग्नेक्रममा छतबाट खसेर मृत्यु भएको जनाइएको छ ।
इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी दीप्रेन्द्रकुमार पालका अनुसार सुधार केन्द्रका सञ्चालक बल खत्री र सञ्चालक समिति अध्यक्ष होम तामाङ सहितका १७ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए । अरु १५ जना भने सुधार केन्द्रमा राखिएका व्यक्तिहरु हुन् ।