धनगढी,१९ वैशाख / कञ्चनपुरमा तीन जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको दोधारा चाँदनी नगरपालिका–५ बस्ने ५८ वर्षका चन्द्रदेव भट्ट, ५० वर्षकी नन्दादेवी भट्ट र ३५ वर्षका मोहन भट्ट मंगलवार पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार उनीहरुलाई जिल्ला अदालत कञ्चनपुरको फैसलाले अंशबण्डा मुद्दामा जनही २ हजार २५० रुपैयाँ जरिबाना सुनाएको थियो । तीनै जनालाई इलाका प्रहरी कार्यालय दोधरा चाँदनीको टोलीले उनीहरुकै घर ठेगानाबाट पक्राउ गरी जिल्ला अदालत पेश गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले बताएको छ ।