धनगढी, १२ बैशाख/कैलालीको गोदावरीबाट ‘लोकल रक्सी’ बरामद गरिएको छ । प्रहरीले बैशाख १० गते गोदावरी नगरपालिका – ८ मजगाउँबाट ‘लोकल रक्सी’ बरामद गरेको जनाएको छ ।
जसमा ५० लिटर अवैध घरेलु मदिरा र ३४० लिटर कच्चा पदार्थ रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले सामाजिक संजाल फेसबुक मार्फत जनाएको छ । उक्त बरामद गरिएको मदिरा मंगलबार नष्ट गरिएको प्रहरीको दावी छ ।
यस्तै प्रहरीले गोदावरी नगपालिका – ४ गोदावरीबाट पनि मंगलबार घरेलु मदिरा बनाउन प्रयोग हुने १५ किलो बल्मा नामक औषधी बरामद गरि नष्ट गरेको जनाएको छ ।
