धनगढी ८ बैशाख/कैलालीमा काटेर राखेको गहुँबालीमा आगलागी भएको छ। जोशीपुर वडा ६ पकरियामा भएको आगलागीबाट १५ परिवारको सात विघाभन्दा बढी जमिनमा लगाएको गहुँबालीमा क्षति पुगेको छ ।
गहुँबालीमा आगलागी हुँदा ६ लाख ४० हजार रुपियाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । इलाका प्रहरी कार्यालय जोशीपुरका प्रमुख वरिष्ठ नायव निरीक्षक गणेश थापाका अनुसार दिउँसो १ बजे लागेको आगो नियन्त्रण गर्न घोडाघोडी, लम्कीचुहा र टीकापुर नगरिपालिका तीनवटा दमकल, प्रहरी तथा स्थानीय परिचालन गरेर गहुँबालीमा थप क्षति हुनबाट जोगाइएको छ ।
पकरियामा ६० विघा गहुँको नल र सात विघाभन्दा बढी खेतमा लगाइएको गहुँमा क्षति पुगेको इलाका प्रहरी कार्यालयको भनाइ छ । यस्तै, बर्दगोरिया गाउँपालिका ६ विपना गदसिलाले फोहोर जलाउन खोज्दा तीन परिवारको गहुँबालीमा क्षति पुगेको छ । त्यसैगरी गौरीगंगा नगरपालिकाको वडानम्बर ५ को एउटा कच्ची घरमा आगलागी हुँदा ६० हजार बराबर रुपियाँको क्षति भएको बताइएको छ ।