धनगढी २९ चैत/किसान बहुउद्देश्यीय सहकारी संस्थाले दुई जना सेयर सदस्यको ऋण मिनाह गरेको छ । सहकारीको फूलवारी शाखाले धनगढी-१८का दुई जना सेयर सदस्यको ऋण मिनाह गरेको हो । बिहिवार सुबिधा बितरण तथा श्रद्धाञ्जली सभाको आयोजना गर्दै ऋण मिनाह गरेको हो ।
सेयर सदस्य धनगढी १८की सरिता पौडेल क्षेत्री र अम्भी कमिनीका श्रीमानको मृत्यु भएपछि उनीहरुको ऋण मिनाह गरेको हो ।सहकारीले कमिनीको दुईलाख नौ हजार एक सय ७८ र क्षेत्रीको २३ हजार ऋण मिनाह गरिएको हो ।ऋण मिनाह गरेपछि सेयर सदस्यहरुले खुसि ब्याक्त गर्दै सहकारीलाई धन्यवाद दिए ।
ऋणी वा ऋणीका अविभावकको मृत्यु भएमा सहकारीले ऋण मिनाह गर्दै आएको सहकारीकी फूलवारी शाखा प्रमुख दिलमाया थापाले जानकारी दिए ।केन्द्रीय कार्यालय लम्की चुहा १ लम्कीमा रहेको सहकारीका सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा ४१ शाखाबाट आफ्नो करोवार गर्दै अएको थापाले बताईन् ।
सहकारीकी फूलवारी शाखा प्रमुख दिलमाया थापाको अध्यक्षतामा भएको सुबिधा वितरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि , संचारकर्मी , समाजसेबी र सहकारीका सेयर सदस्यहरुको सहभागिता रहेको थियो ।