धनगढी, २८ चैत/धनगढी उपमहानगरपालिकाको टिप्परको ठक्करबाट साईकल यात्री गम्भीर घाईते भएका छन् ।
उपमहानगरपालिकाको से १ ग ६५ नम्बरको टिप्परले धनगढी ५ तारानागरमा ठक्कर दिएको हो ।
सुरेन्द्र रावलले चलाएको टिप्परको ठक्करबाट बुधबार बिहान धनगढीमा डेरा गरी बस्ने गौरीगंगा १ चनौराका बाबुराम चौधरी घाईते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
उनको धनगढीको केजी हस्पिटलमा उपचार भैरहेको बताईएको छ । घाईते चौधरीको टाउकोमा चोट लागेको छ ।
ठक्कर दिने टिप्पर अहिले जिल्ला प्रहरी कार्यालय कैलालीको नियन्त्रणमा रहेको छ ।