धनगढी, २२ चैत/ नेपाली यात्रु भारतमा पाठउने बसमा ओभर लोड भएको भन्दै नेपाली सवार दुई बस पलियामा नियन्त्रणमा लिएको छ । भारतको पलिमा स्थानीय प्रहरी र एआरटीओको संयुक्त अनुगमनमा क्षमताभन्दा बढी नेपाली यात्रु ओसारपसार गर्ने दुईवटा निजी बस नियन्त्रणमा लिएका छन् ।
अधिकांश नेपालबाट भारतमा यात्रु ओसारपसार गर्ने यातायात व्यबसायीहरु कोचाकोच यात्रु लैजाने गर्ने गरेको एक यात्रुले बताएका छन् । नेपालीलाई भारतको बिभिन्न स्थानमा पुगाउने भन्दै धनगढीमा बिभिन्न ट्राभल एजेन्सीहरु संचालानमा आएका छन् । एजेन्सीहरु नेपालीहरुबाट टिकट काटेर भारतका यातायातका भाडामा बस लिएर यात्रु गन्तव्य पुगाउने गर्दछन् ।