धनगढी २१ चैत/कैलाली हसुलियामा उखु बोकेको ट्रकमा आगलागी भएको छ। जिल्लाको कैलारी गाउँपालिकाको हसुलियामा आज बुधवार दिउँसो उखु बोकेको ट्रकमा आगलागी भएको हो ।
कञ्चनपुरबाट बर्दियाको राजापुर जाँदै गरेको ना ५ ख ४२६९ नम्बरको ट्रकमा आगलागि भएको प्रहरीले जनाएको छ । विद्युतको तारमा ट्रकले छोएकाले आगो लागेको बताइएको छ ।
प्रहरीले स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएका छन् । ट्रकमा रहेको उखुमा क्षति भएको र ट्रकमा क्षति नभएको प्रहरीले बताएको छ । सो समन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।