धनगढी, १९ चैत/वन संरक्षण अभियन अन्तरगत सामुदायिक वनका उपभोक्तलाई बिद्युतिय चुलो बितण गरिएको छ । कैलालीको गोदावरी ९ मुर्कट्टीको मनकिया सामुदायिक वनले उपभोक्तालाई निशुल्क विद्युतिय चुलो वितरण गरेको छ ।
सोमबार एक कार्यक्रमका वीच सामुदायिक वनका २ सय ५५ उपभोक्तालाई विद्युतिय चुलो, प्रेसर कुकर र कडाई वितरण गरिएको सामुदायिक वनका अध्यक्ष होलुुवा डगौरा थारुले बताएका छन् । १९ लाख ७७ हजार ५२५ रकम बराबरका बिद्युतिय चुलो र त्यसमा लाग्ने भाँडाकुडा समेत बितरण गरिएको हो ।
२०५६ सालमा स्थापना भएको मनकिया सामुदायिक वनले वन पैदावार बिक्रीबाट आम्दानी भएको रकमले उपभोक्ताका लागि विद्युतिय चुलो खरिद गरि निशुल्क वितरण गरेको हो । सामुदायिक वनले एसएन्भी नेपालको सहयोगमा चुलो वितरण गरेको हो । विद्युतिय चुलो खरिदमा मनकिया सामुदायिक वनले प्रति चुलो ५ हजार ७५५ का दरले १४ लाख ६७ हजार ५२५ र एसएन्भभि नेपालले एण्डेब कार्यक्रमका अन्तरगत प्रति चुलो २ हजार अनदान दिएर कुल ५ लाख १० हजार पर्ने चुलो उपोभोक्तालाई प्रदान गरेको हो ।
सामुदायिक वनले धनगढी ७ शक्ति नगरमा रहेको कल्पवृक्ष ग्रेटर गुड्स प्रालिबाट टेण्डर मार्फत् विद्युतीय चुलो खरीद गरेको हो । जंगलका दाउराको प्रयोगबाट धुवाँ जन्य रोगहरु लाग्ने, वातावरण प्रदुषण हुने, समयमा पानी र अक्सिजन नपाइने भएकाले वन जोगाउन उपभोक्तालाई विद्युतिय चुलो वितरण गरिएको एसएन्भी नेपालका एण्डेब व्यवसाय विकास कार्यक्रमका सुदुरपश्चिम व्यवसाय बिकास संयोजकसंयोजक रुपक देउवाले बताएका छन् ।
विद्युतिय चुलो प्रयोग गरेमा वन विनास रोकिने, एलपिजि ग्याँसको प्रयोग कम भइ नेपाली रकम बच्ने र नेपालमै उत्पादन भएको विद्युत खपत हुने भएकाले सबैले विद्युतिय चुलोको प्रयोग गर्नुपर्ने संयोजक देउवाको सुझाव दिएका छन् ।
चुलो बितरण कार्यक्रमका प्रमुख अतिथि डिभिजनल वन अधिकृत रामचन्द्र कँडेलले विद्युुतको खपत बढाई गृहणी महिलाको स्वास्थ्य र वन संरक्षणका हिसाबले सामुदायिक वनका उपभोक्तालाई विद्युतीय चुलो वितरण गर्नु सराहनीय काम भएको बताएका छन् । कार्यक्रममा सामुदायिक वन राष्ट्रिय उपभोक्ता महासंघ नेपालका केन्द्रिय महासचिव डण्डीराज सुवेदीले विद्युतिय चुलोको प्रयोगले बन संरक्षण र वातावरण प्रदुषण नियन्त्रणमा सहयोग पुग्ने बताए ।