धनगढी १४ चैत/अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) स्थायी कमिटि सदस्य राजमति (रक्षा) बम पक्राउ गरिएको छ ।नेकपा एमाले निकट अनेरास्ववियुकि स्थायी कमिटि सदस्य बमलाई महाराजगन्ज प्रहरीले मंगलबार पक्राउ गरिएको हो ।
चोरी तथा अपराधीक लाभ मुद्दामा बमलाई काठमाडौंकै बालाजु क्षेत्रबाट नियन्त्रणमा लिइएको महाराजगन्ज प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) अमर थापाले जानकारी दिए । उनकाअनुसार बममाथि अनुसन्धानका लागि बुधबार म्याद थप्ने तयारी छ ।
