डोटी १० चैत/ डोटीमा माटोको ढिस्कोमा च्यापिएर एक जना महिलाको मृत्यु भएको छ। शिखर नगरपालिका ९, ढुङ्गमा माटोको ढिस्कोमा च्यापिएर सोही वडाको छोया घर भएकी निर्मला रोस्याराको मृत्यु भएको शिखर नगरपालिकाका प्रवक्ता धिर्क सिंहले जानकारी दिए। माटोको ठुलो ढिस्कोमा च्यापिएकाले शव निकाल्ने काम भइरहेको नगरप्रमुख दीर्घ बलायरले बताए।
घटनामा अन्य तीन जना पनि परेका र उनीहरूको सकुसल उद्धार गरिएको नगरप्रमुख बलायरले बताए। घटना साँझ भए पनि ढीलो गरी जानकारी भएकाले तीन जनाको भर्खर उद्धार भएको उनको भनाइ छ। माटाको ढिस्कोले च्यापियर घाइते हुनेमा
सोहि पालिकाका अन्दाजी २२ वर्षीया निर्मला रोस्यारा, १९ वर्षीया लक्ष्मी रोस्यारा, २९ वर्षीया दिपा रोस्यारा र ३९ वर्षीया सुना भुलको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले बताए।
मृतकको शव निकालिसकिएको शिखर नगरपालिका ९ का वडाध्यक्ष जगन्नाथ भट्टले जानकारी दिए । सो वडाको सुण्ण भन्ने गाउँको जङ्गलमा घर पोत्ने माटो लिन गएको बेला घटना भएको थियो । घर पोत्ने माटो खन्ने क्रममा उक्त घटना भएको हो।