धनगढी, ३ चैत/कैलाली जिल्लाको भजनि नगरपालिका वडा न पचमुडिया बाट गयको बनको गस्ती टोलिले घोडाघोडी नगरपालिका वडा १२ सिबपुर बाट ७ गोलिया काठ बरामत गरेको छ । काठ संगै दुईजनालाई पक्राउ समेत गरेको छ । पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका वडा १२ का ४३ वार्षिय सिराराम चौधरी , लम्की चुहा नगरपालिका वडा ५ चौरी का ४४ वार्षिय प्रेम चौधरी रहेका छन् ।
सबडिभिजन बन कार्यलय पचमुडिया जम्दार कालीराम चौधरी नेतृत्वमा गएको गस्ती टोलिले सु प्र प ०१००२ त ४३३७ नम्बरको ट्याक्टरमा सालको ७ गोलिया काठ लोड गरि लग्दै गरेको अवस्थामा बरामत गरिएको छ ।
सिबपुर गाउँ बाट लाग्दै गर्दा ट्याक्टर प्रकाउ गर्दा वन कर्मचारीलाई पनि चोट लागेको जम्दार चौधरीले बताए । प्रकाउ गरिएको ट्याक्टर र काठ डिभिजन वन कार्यलय पहलमानपुरमा राखिएको छ । घट्नाको थप अनुसन्धान र प्रकाउ परेकालाई बन ऎन २०७६ अनुसार कारबाहीमा गरिने सब डिभिजन बन कार्यलय पचमुडियाका प्रमुख नितेशराज भट्टराईले जानकारी दिए ।