धनगढी, ३ चैत / कैलाली र कञ्चनपुरबाट बिभिन्न मुद्दाका ४ जना फरार प्रतिवादी पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका लागूऔषध मुद्दामा १६ दिन कैद सजाय र २ हजार जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका–१२ बस्ने महेशबहादुर पुजारा, वन मुद्दामा ९० हजार ७३५ जरीवाना ठहर भएका धनगढी उपमहानगरपालिका–६ बस्ने करन चौधरी र आत्महत्या दुरुत्साहन मुद्दामा २ महिना ४ दिन कैद सजाय र १० हजार जरिवाना ठहर भएका घोडाघोडी नगरपालिका–९ का राजेश बिक रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० बस्ने ६२ वर्षीय शेरबहादुर बुढालाई ईलाका प्रहरी कार्यालय दोधराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ।