कञ्चनपुर, २० फागुन / कञ्चनपुरमा जुवातास खेलि रहेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कञ्चनपुरको भिमदत्त न.पा.४ बसपार्क स्थित डबल राज जोशीले संचालन गरेको ग्रिन भोजनालयको पाँचौ तलाबाट जुवातास खेलिरहेको अबस्थामा होटेल संचालक सहित नौ जना मानिसहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उक्त होटलमा रितपुर्वक चेकजाँच तथा खानतलासी गर्दा उनिहरुलाई नगद रु ३ हजार ८ सय ८८ र ३ गड्डी तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरी आवश्यक अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।