धनगढी, १३ फागुन/डेमोक्रेटिक एग्रीकल्चरिष्ट एशोसिएशन नेपाल(डान)को सुदूरपश्चिम प्रदेश संयोजन समिति पुनर्गठन भएको छ । शनिबार कैलालीको टीकापुरमा बसेको बैठकले सुदूरपश्चिम प्रदेश संयोजन समितिको संयोजक सुनिता पन्थी सर्बसम्मतबाट चयन गरिएको छ ।
समितिको सह संयोजक राजेन्द्र प्रताप बम, सचिब मिलन घिमिरे र कोषाध्यक्ष बिकास राना चयन भएका छन् । भेलाले सदस्यमा टेक पाण्डेय, राकेश जङ्ग शाह, प्रमोद उपाध्याय, लक्ष्मी भन्डारी र प्रेम पाण्डेय चयन भएका छन् । समितिले तिन जनालाई सल्लाहकार समेत चयन गरेको छ । सल्लाहकारमा गोबिन्दराज जोशी, डा.बिष्णु विलास अधिकारी र डा. हेमराज अवस्थी चयन भएका छन् ।
डेमोक्रेटिक एग्रीकल्चरिष्ट एशोसिएशन नेपाल(डान)मा कृषि क्षेत्रका बिज्ञ, बिभिन्न क्षेत्रमा कार्यरत कर्मचारी र अभियन्ताहरु आबद्ध रहेका छन् । यो संगठनले सरकारलाई कृषि क्षेत्रका सम्भावना र नीति निर्माणमा सुझाव दिने गरेका छन् । डानको केन्द्रीय अधिवेशन फागुन २२ गते काठमाडौँमा हुने भएको छ ।
डान सुदूरपश्चिम प्रदेश संयोजक सुनिता पन्थी चयन
डान सुदूरपश्चिम प्रदेश संयोजक सुनिता पन्थी चयन