काठमाडौं । नेकपाका वरिष्ठ नेता माधव नेपालले पार्टी सचिवालयको निर्णयमा विमति कायमै राखेका छन् । जारी स्थायी समितिको बैठकमा पार्टी सचिवालयले गरेका निर्णय अनुमोदन प्रस्ताव आएपछि नेता नेपालले असहमति कायमै रहेको प्रस्ट पारेका हुन् ।
उनले पार्टी नेतृत्वले आपूलाई किनारा लगाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । कम्युनिस्ट पार्टी विधान, पद्धति, मापदण्ड र कमिटीप्रणलीका आधारमा चल्नुपर्नेमा त्यसो नभएको र सचिवालयले आप्नो असहमतिविपरीत निर्णय गरेको नेता नेपालको भनाई थियो ।
