धनगढी, १ फागुन / डोटीको जोरायल गाउपालिका वडा नं.६ गावरमा बाघले बाख्रा खोर रित्याएको छ । सोमबार राती स्थानीय धर्मादेवी साँउदको घर नजिकै रहेको बाख्रा खोरमा बाघ पसेर खोरमा भएका सबै बाख्रा खाएको हो ।
खोरमा ९ वटा बाख्रा रहेकोमा सबै बाख्रा बाघले मारेको छ । राती खोरमा पसेको बाघले बाख्राको घाँटीबाट खुन खाएर मारेर छोडेको धर्मादेवी साँउदले जानकारी दिएकी छन् । एक दुई बाख्रा मारेर पुरै खाएको छ भने बाँकीलाई मारेर रगत खाई छोडेको बाख्रा किसान साँउदले बताइन् ।
पहिला पनि सो क्षेत्रमा बनमा चर्न गएका बाख्रा बाघले खाने गरेको थियो । खोरमै पसेर बाख्रा खाएको यो नै पहिलो घटना भएको राष्ट्रिय स्वतन्त्र पार्टी जोरायलका सभापति प्रदिप बिष्टले बताए ।