धनगढी, २ पुस- नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय दलका नेता डा। रणबहादुर रावल कैलाली क्षेत्र नम्बर १ ‘ख’बा निर्वाचित प्रदेश सदस्य हुनु । उनी नेपाली काँग्रेसका तर्फबाट सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता भएका छन् । समाजका बिकासका लागि सभ्य र शालिन स्वभावका व्यक्तीत्व भएका नेता रावल अहिले टिकापुरको बिकास गरेका कारण जनता माझ लोकोप्रिय भएका छन् ।
के के गरे टिकापुर बिकासका लागि
उनले खक्रौला मा पुल चाहिन्छ नेपाल भारत सिमा जोड्नु पर्छ भनेर लागे, टिकापुर लाई नमूना शहर बनाउनु पर्छ योजनाको लागि तत्कालीन मन्त्री अर्जुन नरसिंह केशी ज्यु समक्ष योजना कार्यान्वयन मा लैजाने प्रक्रिया सुरु, टिकापुरमा घणटघर, जमरा पुलदेखी बसपार्क सम्मको ६ लेनको बाटो, ब्लक ‘ए’ नमुना ब्लक बन्दैछ र ब्लक ‘बि’ र ‘सि’ डिजाइन तयार हुँदै छ, बाटो पुन बनाउनु पर्छ भनेर आफ्नो आवज उठाउने थलो सुदुरपश्चिम प्रदेश संसद मा जोडदार माग उठाएर शसक्त प्रतिपक्षी को भुमिका निर्वाह गरे, अनि २०७५÷०७६ को बजेट मा सन्कट्टी घाटमा पुल बनाउनु पर्छ भनेर दबाव दिए, प्रदेश नम्बर ५ संग सुदूरपश्चिम प्रदेशलाई जोड्नुपर्छ, कैलाशद्वार निर्माण को निमित्त अनवरत रुपमा लागि लागि रहेका छन्, सुकुम्बासीका निमित्त लालपुर्जा सहज रुपमा पाउनुपर्छ र सुकुम्बासीले पनि सहजै जिवन जिउन पाउनुपर्छ भनि लागि रहे, कर्णाली करिडोर निर्माण प्रक्रिया कैलालीको खक्रौला लाई जिरो प्वाइन्ट मानेर बिकास गर्नुपर्छ, टिकापुरका जनताको स्वास्थ्य लाई मध्यनजर गरेर योगाश्रम सम्पन्न गरे, टिकापुरको ओमशान्ति देखी बृद्धाआश्रम हुदै पर्यटकिय क्षेत्र टिकापुर पार्क, डल्फीन क्षेत्र पदम प्रकाशेश्वर मन्दिर र युवा लक्षित खेलकुदा क्षेत्र बिकासका लागि बजेट समेत बिनियोज गराए ।
जब टिकापुर प्रवेश गर्दै गर्दा किसानले फरुवा बोकेको मन नपरेका कारण सिचाइ को परिकल्पना गरे र लागुगर्न रात दिन नभनी अनवरत रुपमा लागे, किसानको समस्या एउटामात्र भएपनि पूरा गरे टिकापुरमा एउटा पक्की बाटो चाहिन्छ भनेर राजमार्ग सङ्ग जोड्नलाइ धेरै मेहनत गरे उक्त कार्य सुरुवाद गर्रा तत्कालिन माओवादीको अबरोधका बाबजुद पनि आयोजना शिलान्यास गरी आयोजना सफल समेत गरे,टिकापुर मा राम्रो सिटि हल चाहिन्छ भोलि खुलामञ्चमा मा मात्र नभएर सभाहल भित्र कुनै कार्यक्रम गर्न चाहिन्छ अभियान सफल गरे ।
