लवदेव धामी,धनगढी,८ पुस/ कृषकहरुले राज्य किसनाका बारेमा गम्भीर हुन माग गरेका थिए । आईतबार धनगढीमा ¥याली निकाल्दै राष्ट्रिय कृषक समूह महासंघ नेपाल सरकारलाई दबाव दिएका छन् ।
किसानहरुले खाद्य अधिकारको स्थानीयकरण र किसानका सवाल बिषयक प्रदेश स्तरीय नीतिगत संवाद गरिएको छ। याक नेपाल , फियान नेपाल, दिगो विकास समाज, वर्ल्ड भिजन, लिवर्ड र राष्ट्रिय कृषक समूह महासंघ नेपाल सुदूरपश्चिम प्रदेशको संयुक्त आयोजनामा कार्यक्रम सञ्चालन गरिएको राष्ट्रिय कृषक समूह महासंघ नेपाल सुदूरपश्चिम प्रदेश कार्य समितिका अध्यक्ष प्रकाश बहादुर थापाले बताए। सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघ धनगढीमा किसानका सवाल र भावी योजना कार्यदिशा माथि छलफल गरिएको राष्ट्रिय कृषक समूह महासंघ नेपाल सुदूरपश्चिम प्रदेश कार्य समितिका अध्यक्ष्य थापाले बताए।
आइतबार बिहान धनगढी चौराहाबाट निर्माण व्यवसायी महासंघ धनगढी कैलालीको कार्यालय सम्म र्याली निकालेको थियो । कृषि समूह महासंघ सुदूरपश्चिमले किसानका साँझा सवालमाथि छलफल र समस्याको कसरी समाधान गर्ने सरकारको भूमिका र संविधानको मौलिक हक अन्तर्गत धारा ३६ खाद्य सुरक्षाको अधिकारबारे पनि उपस्थितहरुलाई जानकारी गराएको अध्यक्ष थापाले बताए।
कार्यक्रमको प्रमुख आतिथ्यतामा सुदूरपश्चिम सरकारका राज्यमन्त्री कैलाश चौधरी रहनु भएको थियो । मननीय प्रकाश बम , माननीय जानकी कुवँर र माननीय धर्मराज पाठक विशिष्ट आथित्यमा रहनुभएको र सुदूरपश्चिमका ९ वटै जिल्लाका प्रतिनिधिको प्रतिनिधित्व रहेको थियो ।