धनगढी, ३ पुस/धनगढीको साँघुरो बाटो भएको क्षेत्रमा आगलागि नियन्त्रण गर्नका लागि दुुईबटा ‘फायर बाइक’ सेवामा ल्याएको छ । धनगढी उप–महानगरपालिकाद्वारा आगलागी भएको बेला साघुरो सडकमा दमकल नछिर्ने स्थानका छिटो पुगि नियन्त्रण गर्नका लागि फायर बाइकको सेवा प्रारम्भ गरेको धनगढीका नगर प्रमुख गोपाल हमालले जानकार दिए ।
धनगढीमा बिभिन्न क्षेत्रमा साँघुरो गल्ली समेत भएकोले सम्भावित जोखिमलाई चाँडो नियन्त्रण गर्न फायर बाइकले सहज गर्ने नगरप्रमुख हमालले जानकारी दिएका छन् । मंगलबार धनगढी उपमहानगरपालिकाले फायर बाइकले गर्ने कार्यको प्रर्दशनी समेत गरेको थियो ।
(भिडियो )