धनगढी, २९ मंसिर/धनगढीमा कैलाली जग्गा ब्यवसायी संघ असन्तुष्ट भएका छन् । नगरपालिकाले मंसिर २४ गते गरेको कित्ताकाट सम्बन्धी निर्णयको घोर आपत्ति जनाएका छन।
आज पत्रकार सम्मेलन गर्दै जग्गा ब्यवसायी संघ संघर्ष समितिका अध्यक्ष उमेश गीरीले भने जग्गा ऐनमै नभएको र मूल कानून र स्थानीय कानून बाझिने गरी एकलौटी रुपमा कसैसँग सल्लाह नै नगरी जग्गा व्यवसायीलाई दुख दिने निर्णय गरेकोले आफुहरु असन्तुष्ट रहेको बताए।
उपमहानगरपालिकाले यो निर्णय तत्काल फिर्ता गर्नुपर्ने हुन्छ नगरेमा धनगढी उपमहानगरपालिकाका वडा कार्यालयबाट हामी दबाब दिने र हाम्रो माग पुरा नभए तालाबन्दी लगाउन पनि पछि नपर्ने जग्गा ब्यवसायी संघ कैलालीका अध्यक्ष उपेन्द्र अवस्थीले बताएका छन ।
उपमहानगरपालिकाले गरेको यस निर्णयमा हाम्रो घोेर आपत्ति रहेको र हाम्रो छिट्टै सर्वोच्चमा मुद्दा हाल्ने तयारी रहेको जग्गा व्यवसायी संघका अध्यक्ष अवस्थीले वताएका छन् ।