धनगढी ८ मंसिर/अगामी मंसिर २२ गतेदेखि हुन लागेको सुदूरपश्चिम महोत्सवको तयारी शुरु भएको छ । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढीमा हुने महोत्सवको तयारी शुरु भएको शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो ।
प्रत्येक वर्ष आयोजना हुँदै आएको महोत्सवको यो १७ औँ संस्करण रहेको संघका अध्यक्ष प्ुष्पराज कुँवरले जानकारी दिए । उनले यहि २२ देखि पुष २ गतेसम्म धनगढीमा महोत्सव हुने भएकाले तयारी तिव्र पारिएको बताए । उनले भने –‘महोत्सवको तयारीका लागि अध्यक्ष कुँवरको संयोजकत्वमा २९ वटा उपसमिति बनाइएको छ ।’
व्यवसायिक कृषि प्रर्दशनी, उद्योग व्यापारको प्रवद्र्धन तथा कला, संस्कृतिको संरक्षण एवंम् प्रवद्र्धनका लागि आयोजना हुने महोत्सवमा १० करोड बराबरको कारोबार हुने अनुमान गरिएको कुँवरले बताए ।उनकाअनुसार उद्योग वाणिज्य संघले दुई करोडको लगानीमा आयोजना हुने महोत्सवमा कृषि, जडिबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल्स, गारमेन्ट, इलेक्टोनिकल, होटल र सूचना प्रविधि गरेर चार सय स्टल रहने वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले बताए ।
ओझाले स्थानीय उत्पादन र उद्यमशिलतालाई प्राथमिकता दियइएको महोत्सव करीब पाँच लाख जनाले प्रत्यक्ष रुपमा अवलोकन गर्ने अनुमान गरिएको बताउँदै त्यसका लागि ३० वटा उपसमिति बनाइएको बताए । महोत्सव अवलोकनका लागि विद्यार्थीलाई ५० रुपैयाँ, सर्वसाधारणलाई एक सय रुपैयाँ र फरक क्षमता भएका व्यक्तिलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको उद्योग वाणिज्य संघले जनाएको छ ।
संघका अध्यक्ष कुँवरले महोत्सवको उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निमन्त्रणा गरिएकोमा प्रधानमन्त्री समय दिने बताएको जानकारी दिए । प्रधानमन्त्रीको अनुकुलता नमिल्ने अवस्था भएमा सोहीनअनुसार व्यवस्थापन गरिने समेत उद्योग वाणिज्य संघले जनाएको छ ।