धनगढी, २९ मंसिर- अन्तर पार्टी महिला सञ्जाल सुदुर पश्चिम प्रदेशको नयाँ कार्यसमिति चयन भएको छ । धनगढीमा भएको महिलाहरुको भेलाले नेकपाको तर्फबाट बझाङकी माननिय देवकी मल्ल अध्यक्ष चएन भएकी हुन् ।
समितिको उपाध्यक्ष समाजबादी पार्टीकी माया नेगी, सचिव काँग्रेसकी तर्फबाट सरस्वती बस्नेत र कोषाध्यक्ष राजपाबाट सुनिता चौधरी चएन भएका छन् । समितिको सदस्यमा नेकपाबाट ६, काँग्रेसबाट ४ र १÷१ अन्य साना दलबाट महिलाहरु समेटिएका छन् ।
चयन भएका सदस्यहरु नेकपाबाट बसुन्धरा रोकाया, दुर्गा बिक, साबित्री घिमिरे, दिया चौधरी र काँग्रेसबाट चन्द्र जैशी, मधु भारती, माया कुँवर र रुपा आउजी चयन भएका छन् भने फुलमती महतो समाजबादी, राधादेवी नेपाली राजपा, सिताकुमारी थारु नेकपा माले र कलावती ऐर राप्रपा प्रजातान्त्रीकबाट चयन भएका छन् ।