धनगढी १० कार्तिक/कैलालीको गोदावरी नगरपालिकाले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । नगरपालिकाले २४ जना कर्मचारी मागेको हो । नगरपालिकाले शुक्रबार कर्मचारी माग सम्बन्धी सुचना जारी गरेको हो ।
पालिकाले कानुन अधिकृत १ जना, वातावरण अधिकृत १ जना, स्रोतव्यक्ती १ जना, कृषि स्नातक १ जना, सिभिल इन्जिनियर १ जना, नगर प्रहरी नायव निरीक्षक १ जना, सहायक कम्प्युर अपरेटर १ जना, नगर प्रहरी हवल्दार १ जना, एम्बुलेन्स र हलुका सवारी चालक २ जना, शव वहान चालक १ जना, नगर प्रहरी जवान ३ जना, कार्यालय सहयोगी ६ जना, माली १ जना, कुचिकार २ जना र भान्से १ जना रहेका छन ।
करार सेवाका लागि खुलाइएको विज्ञापनमा १५ दिन भित्र आवेदन दिन भनिएको छ । आवेदन फारम नगरपालिकाको वेवसाइटमा राखिएको छ ।
