धनगढी, १७ असोज/कैलालीको अत्तरिया मा यात्रु सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरिएको छ। ईलाका प्रहरी कार्यालय मालाखेतीले बसपार्कमा उक्त कक्ष स्थापना गरेको हो ।
हिन्दूहरुको महान पर्व बिजया दशमी, दिपावली र छठ पर्बलाई मध्यनजर गरी यात्रु तथा सवारी साधनहरुको आवगमनमा सहज र सुरक्षित होस भन्ने उदेश्यले कक्षको स्थापना गरिएको प्रहरीले जनाएको छ । उक्त कक्ष मार्फत यात्रुहरुलाई हुने असहजता , लुटपाट नियन्त्रण र अन्य सुरक्षाको कार्य गरिने भएको छ ।