धनगढी, ६ असोज/नौ महिने दुधेँ शिशुलाई उखुबारीमा बाँधेर बेपत्ता भएकी महिला पक्राउ परेकी छिन । शुक्रबार बिहानै नौं महिने शिशुलाई बेलौरी नगरपालिका ७ स्यालीखोला नजिकै उखुबारीमा हात बाँधेर महिला बेपत्ता भएकी थिईन् । पुनर्वास नगरपालिका २ अमरैया माईती घरमै बस्दै आएकी शर्मिला चौधरीलाई शनिबार पुनर्वास नगरपालिका कञ्चनपुरकी उपमेयर भुलिया रानाको पहलमा पक्राउ परेकी हुन् । उपमेयर रानाले ति महिलालाई खोजि गरेर आफैले प्रहरीकोमा बुझाएको हो ।

उनले यस अघि बेलौरीका अजय चौधरी र सुन्दर चौधरीसंग विवाह गरेकी थिईन । शर्मिलाबाट जन्मिएको शिशु कसको बच्चा हो, भन्ने पहिचान नभएपछि श्रीमान अजय चौधरीसंग विवाद भएपछि बेलडाँडी ३ वैवाहका प्रेम डगौरा संग बिवाह गर्न त्यो बच्चा उखुवारीमा छोडेर भागेको खुलेको छ । शर्मिलालाई बैवाहबाटै शनिबार पक्राउ गरिएको प्रहरी जनाएको छ । शिशुका कारण श्रीमानसंग रातदिन झै झगडा किचलो हुन थालेपछि समाजिक सञ्जाल फेसबुक मार्फत वैवाहका प्रेम डगौरासंग भागेर विवाह गर्न लागेकी महिलालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकास डाँगीले बच्चालाई उखुबारीमा छाडेर फरार हुने शर्मिला चौधरीलाई पक्राउ गरेर आवश्यक अनुसन्धान अघि बढाईएको बताए । नौं महिने शिशुलाई उखुबारीमा अलपत्र छाडेर भाग्ने आमा शर्मिला लाई प्रहरीले पक्राउ गरिसकेको छ, ‘प्रहरी प्रवक्ता डाँगीले भने, ‘ईप्रका बेलौरीमा शर्मिला माथि आवश्यक अनुसन्धान भईरहेको छ ।’
शुक्रबार प्रहरीले मामा घरका हजुरआमा रामपती चौधरी लगायत आफन्तलाई शिशु जिम्मा लगाएको थियो । ति महिलाले शिशुलाई उखुबारीमा हात बाँधेर फरार भइन् । शर्मीलाले बच्चा बिहिबार साझै फालेर बेपत्ता भएको बताएकी छन् । बारीमा शिशु रुन थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।