बैतडी २५ मंसिर- बैतडीमा लुकाएर राखेको अवस्थामा प्रहरीले भरुवा बन्दुक बरामद गरेको छ। जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्ब. २ को ग्वाल्लेकमा जंगलको ओढारमा लुकाइ राखेको अवस्थामा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ।
बन्दुक प्रहरी चौकी देहीमाडौंको टोलीले मंगलबार दिउँसो बरामद गरेको हो।
