धनगढी, २८ भदौ/कैलालीमा महिला माथि दुव्र्यबहार गर्ने सशस्त्र प्रहरीका जवानलाई महिलासंग माफी मगाएर घटना मिलापत्र गरी टङ्गाएको छ । कैलालीको ईलाका प्रहरी कार्यालय चौमालामा बुधबार दिउसो घटना मिलापत्र गराएको हो ।
कैलालीको चुरे गाउँपालिका वडा नम्बर ४ बालुवागडामा मंगलबार रातिको समयमा एक एकल महिलाको घरमा पसेका एक सशस्त्र प्रहरीका जवानले ढोकामा खोल्न ढक्ढकाएका थिए । चितवन दरबन्दी रहेका सशस्त्र प्रहरीका जवान पर्शु तारामी मगर घर विदामा बालुवागडा आएका थिए । घर विदामा रहेका बेला मंगलबार रातिको समयमा एकल महिलाको घरको ढोकामा हान्दै ढोका खोल्न भन्दै तथानाम गाली गलौज गरेका थिए ।
मगरले तिज कार्यक्रम सकेर घर गएकी महिलाको पछि लागेर ढोका खोल्न दबाब दिएका थिए । महिलाले आफन्तलाई बोलाएपछि पर्शु तारामी मगर त्यहाँबाट भागेका थिए । पीडित महिलाले पर्शुलाई बुधबार राजीपुरको प्रहरी टोली गएर मिलाउने प्रयास गरेको थियो । पीडित पक्षले मिल्न नमानेपछि बिहीबार भने इलाका प्रहरी चौकी चौमालामा ल्याएर मिलापत्र पत्र भएको पिडित महिलाका बुबाले जानकारी दिए । ‘एकै ठाउमा बस्ने भएपछि धेरै बिवाद किन गर्ने भनी सबैबाट कुरा आएपछि मिलेका हौ’ उनले भने–‘केटाले ईलाका प्रहरी कार्यालयमा छोरी संग आईन्दा यस्तो गल्ती नगर्ने भनि माफी मागेका थिए ।’
जाहेरी दिने र पिडक पक्ष दुबै मिलापत्र भएर गएको ईलाका प्रहरी कार्यालय चौमालाका बरिष्ठ प्रहरी सहायक निक्षिक रामसिह बोहराले बताएका छन् । दुबै पक्ष मिल्न खोजे मिलाएर पठाएको निरिक्षक बोहराले जानकारी दिए ।