धनगढी, २४ मंसिर- सुदूरपश्चिम प्रदेशको प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रदेश सरकारलाई संसदलाई बिजनेश दिन आग्रह गरेका छन् ।
नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता डा. रणबहादुर रावलको नेतृत्वमा गएको टोलीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई मंगलबार भेट गर्दै सो आग्रह गरेका हुन् । सो टोलीमा प्रमुख प्रतिपक्ष दल काँग्रेस र प्रतिपक्षी दल राजपका प्रदेश सदस्यहरु सहभागि रहेका थिए ।
६ महिना मात्रै बाकी रहदा पनि बिकासे काममा नलागी सुदूरपश्चिम प्रदेश सरकार उद्घाटन र गोष्ठीमा मात्रै समिति रहेको प्रतिपक्षी दलहरुको आरोप छ । मुख्यमन्त्रीलाई भेट गर्दै डा. रणबहादुर रावलले प्रदेशको बिकास र सम्बृद्धीमा लग्नुपर्ने सुझाब दिएका छन् ।
आफ्नै प्रदेशको भुमि मिच्दा पनि प्रदेश सरकार कानमा तेल हालेर बसेको डा. रावलको आरोप छ ।
सिमाका कुरापनि लाग्न समेत प्रदेश सरकारलाई दबाब दिएको उनको भनाई छ । ‘जनताका जनप्रतिनिधी भएका हामीले काम गर्न पाएनौ भने के कुरा लिएर जनता माझ जाने’ रावलले भने–‘तरुन्त संसद संचालन गरेर बिकासे गतिबीधि अघाडी बढाऔ ।’ अहिले सरकारले खर्च पनि न्यनु छ पछि असारे बिकास गर्नुभन्दा पनि चाडै समयमै काम अघाडी बढाउनु पर्ने प्रतिपक्षी दलले दवाद दिएको हो ।
भेटमा मुख्यमन्त्री भट्टले संसद चाडै खोलेर बिकासका मुद्यामा केन्द्रीत रहने बताएका छन् । प्रदेशको बिकास गर्नुपर्ने सबैको साझ मुद्या भएकोले यसमा सबैले हातेमालो गरेर अघाडी बढ्नुपर्ने धारणा व्यक्त गरेका थिए ।