काठमाडौं, २४ मंसिर
संसद्को हिँउदे अधिवेशन पुस ४ गतेदेखि सुरु हुने भएको छ। सामेबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै सदनको बैठक आह्वानका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। सरकारको सिफारिस प्राप्त भएपछि राष्ट्रपतिले संसद बैठकका लागि आव्हान गर्ने जनाइएको छ।
सभामुख नै नभएको अवस्थामा यो अधिवेशनले नयाँ सभामुखको पनि निर्वाचन गर्ने छ। निवर्तमान सभामुख कृष्णबहादुर महरालाई संघीय संसदमै कार्यरत एकजना कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोप लागेपछि उनले पदबाट राजनीनामा दिएका थिए।