धनगढी, २३ भदौ / कैलालीमा एक बालकमाथि हँसिया प्रहार भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ४ का प्रेमबहादुर विष्टले ११ वर्षीय बालक धिरेन्द्र थापालाई हँसिया प्रहार गरेका हुन्।
इलाका प्रहरी कार्यालय लम्कीका अनुसार भीमबहादुर थापाका ११ वर्षीय धिरेन्द्रलाई ४५ वर्षीय विष्टले हँसिया प्रहार गरेका छन्। बालकलाई चोट लागेको छ।
उनको लालरत्न अस्पताल लम्कीमा उपचार हुँदैछ। विष्टलाई इलाका प्रहरी कार्यालय, लम्कीले नियन्त्रणमा लिएको छ। विष्टको मानसिक अवस्था ठिक नरहेको प्रहरीले बताएको छ।
