दार्चुला, २३ भदौ / दार्चुलामा गौरापर्व हेर्न पुगेका युवमाथि निर्घात कुटपिट गरिएको छ । मालिकार्जुन मन्दिरमा गौरा हेर्न गएका २१ वर्षीय दिनेशसिंह धामीमाथि निर्घात कुटपिट गरिएको हो ।
घटनामा शैल्यशिखर नगरपालिकाका पुर्व मेयर अमरसिंह धामीको संलग्नता रहेको पीडीतको आरोप छ । पूर्व मेयर धामीले आफ्ना मान्छेहरु प्रयोग गरेर कुटपिट गराएको स्थानीयले आरोप लगाए । कुटपिटमा संलनहरु पूर्व मेयरकै गाडीमा आएमा थिए । र कुटपिटपछि उनकै गाडीबाट भागेको स्थानीय प्रत्यक्षदर्शीको भनाई छ ।
मादकपदार्थ सेवन गरेका पूर्व मेयर धामीले ‘इन्सपेक्टर मेरो मान्छे हो । सालेको हातखुट्टा भाचिदेउ’, भनेर निर्देशन दिएको प्रत्यक्षदर्शीहरुले बताए ।
टाउकोमा गम्भीर चोट लागेर गम्भीर घाइते भएका दिनेशलाई थप उपचारको लागि धनगढी रिफर गरिएको प्रहरीले जनाएको छ ।
पीडितका आफन्तहरुले सुरक्षामा खटिएको प्रहरीले नै आक्रमणमा संलग्नलाई भगाएको आरोप लगाएका छन् ।