काठमाडौं/ राजधानीमा आइतबार दिउँसो भएका दुई विस्फोटमा मृत्यु हुनेको संख्या चार पुगेको छ। घाइते ६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
सुकेधारा विस्फोटका घाइतेको ओम असप्तालमा उपचारका क्रममा मृत्यु भएको छ। अन्य चार घाइतेको भने चाबहिलस्थित ओम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
यस्तै अनामनगरको घट्टेकुलोमा भएको विस्फोटमा घाइते भएका एकजनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। सुकेधाराको एक शैलुनमा भएको विस्फोटमा दुईजनाको घटनास्थलमै र अर्को एकको उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डीएसपी फडिन्द्र प्रसाईंले जानकारी दिए।