धनगढी, १४ भाद्र/कैलालीमा चार जना हातहतियार र गोलीगट्ठासहित पक्राउ परेका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर १ भुरुवाबाट हिजो (बुधवार) राति चार जना हातहतियार र गोलीगट्ठासहित पक्राउ परेका हुन् । प्रहरीका अनुसार पक्राउ अर्जुन बिक, रामचन्द्र चौधरी, नरेश डगौरा र सचिन चौधरी पक्राउ परेका हुन् ।
लम्की प्रहरीको गस्तीमा खटि गएको टोलीले गस्ती गर्दै जाने क्रममा कुन्तीखेत जाने बाटोको छेउमा बसेको अवस्थामा उनीहरुलाई खानतलासी गर्दा निजहरुबाट प्वाइन्ट २२ हर्नेट९बन्दुक० नाल १, सोको म्यागजिन थान १, गोली १५ राउण्ड, बारुद ५ ग्राम फेला पारेको थियो । उनीहरूलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जानकारि दिएको छ ।