धनगढी, १८ साउन / कैलालीमा सालको काठसहित एक जना अटो चालक पक्राउ परेका छन् ।
धनगढी उप–महानगरपालिका–३ क्रेशर ग्राउण्डबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका– ९ राजघाटका १९ वर्षीय सुरेश मल्ल पक्राउ परेका हुन् । मल्ले चलाएको से १ स ३६६० नम्बरको अटोमा ५ फिट लम्बाई भएको १९ थान सालको जस्तो देखिने कडि प्रहरीले फेला पारेको हो ।
काठ र अटोसहित मल्ललाई नियनत्रणमा लिई कारबाहीकालागि जिल्ला वन कार्यालमा बुझाएको प्रहरीले जनाएको छ ।