धनगढी, १८ साउन/कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ को कुत्ताहा खोलामा बनेको पुल राज्यको बजेट दोहनका लागि मात्रै बनेको भन्दै स्थानिय विरोध जनाएकाछन् । मान्छेको जग्गाको बिचमा पर्ने गरि बाटो बिना नै कृष्णपुर–७ मटैया कटान स्थित कुत्ताहा खोलामा बनेको पुल कमिसनका लागि मात्रै निर्माण गरिएको प्रति स्थानियहरु आक्रोसित बनेका छन् ।
आर्थिक वर्ष ०७८÷०७९ मा नगर प्रमुख कर्ण हमालको पालामा कृष्णपुर नगरपालिकाबाट उक्त पुलकालागि ३५ लाख बिनियोजन गरिएको थियो । यद्यपी काम पुरा नभएको भन्दै नगरपालिकाले १५ लाख ३ हजार मात्रै भुक्तानी गरेको थियो ।
बाटोको सुनिश्चितता बिना नै कृणपुर–४ जहरी नालामा बनेको कल्भर्ट केहिदिन देखि सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । त्यो पुल पनि अघिल्लो स्थानिय सरकारले चुनावी ‘ललिपप’का रुपमा प्रयोग गरिएको र काम अधुरो छोडेको भन्दै स्थानियले आपत्ति जनाएका छन् ।
आर्थिक वर्ष ०७७÷०७८ र ०७८÷०७९ मा कृष्णपुर–४ मा २ वटा र वडा नं। ७ र ८ जोड्ने कुत्ताहा खोलामा निर्माण भएको कल्भर्ट ९पुल० समेत बाटोको सुनिश्चितता बिना नै निर्माण गरेर रकम कुम्ल्याउने काम भएको पाइएको हो । मटैया कटान स्थित कुत्ताहा खोलामा बनेको पुलमा पनि बाटोको सुनिश्चितता छैन् । तीन घरलाई मात्रै जोड्नका लागि सरकारको लाखौं बजेट दोहन भएको छ । पुलको दुवैपट्टीका जमिनदारहरुले आफ्नो जमिन मिचेर बाटो नदिने दाबि गर्दै आएका छन् ।
उक्त पुलबाट लाभान्वित हुने भनिएका स्थानिय पदम कुवँर उक्त पुल आवश्यक नरहेको बताउछन् । सामान्य रुपमा मोटरसाइकल लगायत हिडडुल गर्नका लागि काठेपुलबाट काम चलिरहेको अवस्थामा बाटो बिनाको पक्की पुलको अर्थ नरहेको कुवँर बताउछन् । ‘वारी र पारिका दुवै जनाले बाटो दिदैनौं भन्नुहुन्छ, अनि बजेट पचाँउनका लागि अरुका जग्गामा बाटो पर्नेगरि बनाएको पुलको हामीलेलाई के काम रु हामीलाई त यहि काठेपुलले काम चलिरहेकै थियो ।’ स्थानिय पदम कुवँर भन्छन् ।
त्यस्तै सोहि वडाकी कार्यापालिका सदस्य आरती बोहरा पनि त्यो ठाउँमा पुल आवश्यक नरहेको बताउछिन् । ‘अघिल्लो स्थानिय सरकार कार्यकर्ता पोस्नका लागि विभिन्न अनावश्यक ठाउँमा समेत बजेट हाले । त्यो आवश्यक थिएन, अहिले अवस्था बेहाल छ ।’ कार्यपालिका सदस्य बोहरा भन्छिन् ।
अघिल्लो स्थानिय सरकारले हचुवाका भरमा औचित्यहिन रुपमा ठुलो बजेट हालेर कल्र्भट लगायतका विभिन्न संरचना निर्माण गरेको र उपलब्धी शून्य रहेका कृष्णपुर–७ का वडाध्यक्ष घुम्मन रानाले बताए । ‘त्यो ठाँउमा पुलको आवश्यकता नै थिएन, आवश्यकता भएको भए आज स्थानीयले पुल निर्माणमा साथ दिनुपर्ने थियो, ‘वडाध्यक्ष रानाले भने, ‘त्यहाँ काठको पुल हुँदा हुँदै, र अर्को कुरा बाटोको पहुँच बिना नै पुल किन निर्माण गरियो र ?’ नगर प्रमुख हेमराज ओझाले जहरी खोला र कुत्ताहा खोलामा पुल कल्र्भट निर्माण कार्य आफ्नो कार्यकालमा नभई अधिल्लो सरकारका पालामा निर्माण भएको बताए ।
‘दुवै खोलामा हाम्रो पालामा बनेका पुल होईनन, ‘मेयर ओझाले भने, ‘एमाले नेतृत्वको अघिल्लो सरकारले यस्ता विवादित योजना बनाउने, आलोचित हामीले हुनुपरेको छ ।’ नगर प्रमुख ओझाले बाटोको सुनिश्चितता बिना नै निर्माण गरिएका पुल प्राविधिक दृष्ट्रिकोणबाट समेत राम्रो नदेखिएको बताए । नगर प्रमुख ओझाले दुवै खोलामा निर्माण भएका पुल सञ्चालनका लागि अहिले आफुहरु तयार रहेको बताए । ‘यस अघि सडक सुनिश्चितता बिना नै निर्माण भएका पुल सचालनका लागि हामी तयार छौँ, ‘उनले भने, ‘आवश्यक स्टेमेट गरेर सञ्चालन गछौँ ।’