जोरायल, २९ असार/डोटीको जोरायल गाउ पालिका वडा न ३ को पुरानो विद्यालय शिव पुर माविमा विध्यार्थिहरुलाइ सफा पानीको व्यबस्थान नहुदा सहयोगी मनहरुको आर्थिक सहयोगमा खानेपानी को योजना सप्पन्न गरिने भएको छ ।
वडा न ३का वडा अध्यक्ष तथा शिबपुर मा बि का विध्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका नवीन ओझाको अनुरोधमा उक्त कार्य गरिने भएको छ । स्थानिय सरकार बाट योजना समाबेश गर्ने नसकियले र जनताको अफन्त्वको भावना पनि हुने भएकाले एक अभियान चलाउन भन्ने जमर्कोमा सुरुमा अध्यक्ष ओझाले ५००० नगद र प्रअ पदमराज उपाध्ययले ५००० बाट सुरुवात गरेको अभियानले खानेपानी संकलनको लागि फिल्टर टंकी बनाउन रकम संकलन हुँदै गरेको छ । पुर्व विद्यार्थी, पुर्व शिक्षक समाजसेवीहरुले आफ्नो तर्फबाट सानो सहयोग गर्दै उक्त कार्य सन्चालन हुँदै गरेको छ ।
आफै वडा सरकार भएर किन यस्तो कार्य गर्नु पर्यो भन्ने जवाफमा, वडा अध्यक्ष ले विद्यालय जस्तो पवित्र स्थानमा पुर्व विध्यार्थी शिक्षक समाजसेविको योगदानको नि सम्मान हुने र सबैको आफन्त्वको भावना सहयोग को भावना समाजिक उत्त्वरदायित्वको विकास पनि हुने भएकाले यस्तो अभियान संचालन गरिन थालियको अध्यक्ष ओझाले बताएका छन।
जनप्रतिनिधिले समाजमा सकारात्मक सृजनशिल कार्य गर्दा विकासको दिगोपना पनि हुने वहाले बताएका छन । हाल चार दिनसम्ममा दुई लाख रुपैया संकलन भैसकेको र सहयोगी हातहरु अझै थपिदै गएको कुरा पनि बताएका छन ।
