धनगढी, २७ असार/धनगढी उप महानगरपालिका वडा न ४ बसपार्कस्थीत गोल मार्केटमा रहेको लक्षित इन्टरप्राईजेजमा आगलागी भएको छ ।
कैलालीको गोदावरी नगरपालीका १ का ३५ बर्षीय चेतराज भट्टले सञ्चालन गरेको लक्षित इन्टरप्राइजेजमा बिद्युत सर्ट भई आगलागी भएको कैलाली प्रहरीले बताएको छ। भट्टको इन्टरप्राइजेजमा कपडा पुर्ण रुपमा जलेर नष्ट भएको छ।
भट्टले धनगढी उपमहानगरपालीका ४ बसपार्कस्थीत राजेन्द्र पोख्रेलको घरमा उक्त इन्टरप्राइजेज सञ्चालन गर्दै आएका थिए। जिल्ला प्रहरी कार्यालय कैलालीले के कती क्षती भयो भन्ने बारेमा यकिन जानकारी प्राप्त नभएको जनाएको छ।