धनगढी, २५ असार/सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, कैलालीको हाता भित्र नव(निर्मित कार्यालय भवन, आवास तथा मेश भवनहरूको उद्घाटन गरिएको छ ।
कैलाली जिल्लाको धनगढी उप महानगरपालिका वडा नं। २ स्थित सुदूरपश्चिम प्रदेश सरकारको नियमित बजेटबाट निर्मित भवनहरूको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गरेका हुन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराको अध्यक्षतामा, सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहको प्रमुख आतिथ्यमा एक विशेष कार्यक्रमका बिच नव-निर्मित भवनहरूको उद्घाटन गरिएको हो ।
उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका पूर्व मुख्यमन्त्रीहरू, मन्त्रीहरू, सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख सचिव, धनगढी उप(महानगरपालिकाका नगरप्रमुख, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक उत्तम राज सुबेदी लगायत सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, सुरक्षा नियका प्रमुख, विभिन्न सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, पूर्व प्रहरी सङ्गठनका पदाधिकारीहरू, नेपाल प्रहरी श्रीमती सङ्घ सुदूरपश्चिम प्रदेशका पदाधिकारीहरू, सञ्चारकर्मी, स्थानीय बुद्धिजीवी, समाजसेवी तथा प्रहरी कर्मचारीहरू समेतको उपस्थिति रहेको थियो ।